८० किलो गाँजासहित मानबहादुर र सुमन पक्राउ
बारा | जेठ २७, २०८१
बारा: इलाका प्रहरी कार्यालय अमलेखगंजको प्रहरी टोलीले करिब ८० किलो गाँजासहित दुई युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१० रिकाटार बस्ने २५ वर्षीय मानबहादुर वाइबा र मकवानपुर राक्सीराङ गाउँपालिका–५ बस्ने २६ वर्षीय सुमन स्याङताङ रहेका छन् ।
उनीहरुलाई जितपुरसिमरा उपमहानगरपालिका–२१ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ८० किलोग्रामसहित पक्राउ गरिएको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले मनहरीबाट पथलैयातर्फ जाँदै गरेको बा.१० च ३६१९ नम्बरको कारलाई जाँच गर्ने क्रममा डिकीमा लुकाई छिपाई राखेको अवस्थामा गाँजा फेला पारी कार चालक मानबहादुर र कारमा सवार सुमनलाई पक्राउ गरिएको थियो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

